निमा रुम्बा, यशकुमार स्टारर ‘छिरिङ’ टीजर लन्च

निमा रुम्बा र यशकुमार स्टारर फिल्म ‘छिरिङ’को टीजर लन्च भएको छ । पहिलो गीत ‘तिमीले त मायामा…’ हिट भए लगत्तै निर्माताले टीजर ट्रेलर सार्वजनिक गरेका हुन् ।
टीजरमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । खासगरि, लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई फिल्मले पेश गर्न खोजेको छ ।

कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन् । कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् ।
दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।
Powered by Blogger.