'कस्मिक लभ' गीत लन्च : प्रशान्त–दीया फिचर्ड

छायांकन भैरहेको फिल्म 'कस्मिक लभ'को पहिलो गीत लन्च भएको छ । ‘कोया कटरको’बोलको गीतमा प्रशान्त ताम्राकार, दीया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेल फिचर्ड छन् । रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गटाङ्गको स्वर समावेश गीतमा संगीत बाबुल गिरिको छ । दिनेश सुबेदीको शब्द रहेको गीतलाई रविन शाहले कोरियोग्राफ गरेका छन ।



मुभी मेकर्सको ब्यानरमा निर्माण भईरहेको तथा सुरज प्रधानको प्रस्तुति रहेको फिल्मको छायांकन केहि बाकी रहेको जानकारी निर्माण टिमले दिएको छ । जय गौतम निर्माताको रुपमा रहेको फिल्ममा कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह-निर्मातामा विकास सिंह पुजारी छन् ।

लभ स्टोरी जनरामा निर्माण  भइरहेको यो फिल्ममा  बिएस बलामी तथा एसके अधिकारीको निर्देशन छ। फिल्म यहि तिहारको अवसर पारेर प्रदर्शन हुदैछ ।



Powered by Blogger.