प्रधानमन्त्रीले हाम्रो जागिर खोसे : दीपकराज गिरी

लोकप्रिय हास्यव्यँग्य कलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरु सत्ता, शक्ति र सम्पत्तिको मरिमेट्ने गरेको आरोप लगाएका छन् । 

रिपोर्टर्स क्लब नेपालमा ‘गाईजात्रा २०७५’ को अवसरमा आयोजना गरेको कार्यक्रममा कलाकार गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिको पछि लागेको आरोप लगाउदै जनताले दुःख पाएको बताए ।

उनले भने, ‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङ्ग्य पनि हो, सत्य पनि हो ।’ सरकारले लगाएको करको प्रसँग जाड्दै भने, हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्याएको भन्नुहुन्छ ।’





क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न गाईजात्रा विशेष साक्षात्कारमा अभिनेता दीपकराज गिरीले पाँचवर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाएका छन् ।

उनले भने, ‘गाईजात्रा व्यङग्यको पर्व हो, तर बलात्कार जस्तो दुःखद र अत्याचारको विषयलाई पनि कलाकारहरुले प्रहसन गर्नुपर्ने स्थिति छ, अर्को तर्फ पाँचवर्षको लागि बनेको सकारका प्रधानमन्त्री ओलीले जनतालाई खुब हँसाई राख्नु भएको छ, केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ, उहाँले जनताको काम गर्ने भन्दापनि हसाँउने काम गरिरहनु भएको छ ।’

उनले अघि थपे,‘कलाकारहरुले गाईजात्रा देखाउने एउटा गतिलो हलसम्म छैन्, यो भन्दा ठूलो गाईजात्रा के हुन सक्छ ? यसपालि केही कलाकारहरुले मात्रै गाईजात्रा देखाउनेमा हुनुहुन्छ, हामीले प्रज्ञा भवनमा गर्ने गरेको हल पुनःनिमाणको काम भइरहेको कारण यसपालि गाईजात्रा देखाउन पाएनौ, गाईजात्रासँग भावना र संस्कृति जोडिएको छ, यसलाई बचाइराख्नु हाम्रो कर्तव्य हो ।’



कार्यक्रममा अर्का लोकप्रिय हाँस्य व्यङ्य कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताएका छन् ।

उनले भने, ‘वर्तमान सरकार कलाकारको कुरा सुन्न र व्यङ्ग्यलाई बुझ्न सक्ने स्थितिमा छैन्, अहिले त कसैले सरकारको गल्तीका बारेमा व्यङ्ग्य गरे भने उल्टै जेल पठाउने कानून बनाउँदैछन्, बोल्न पनि डरमर्दो छ, कुनै मन्त्रीको व्यङ्ग्य गर्ने हो भने जेल हालिदिने खतरा छ, कुनैबेला मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यङ्ग्य गर्दा हरिबंशले लुगाफेर्दै गरेको ठाउँमा पुगेर तिमीलाई त व्यङ्ग्य गर्न आउँदैन रहेछ भनेर भन्नु भएछ ।’

एक महिना अघि प्रदेश नम्बर ७ को कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई स्मरण गदै अर्का हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ले प्यारोडी गीत गाएर सुनाएका थिए । 
Powered by Blogger.