महाभारत र ओशोलाई पछाडी सार्दै अमिर लागे हलिउड रिमेक तर्फ !

बलिउड अभिनेता अमिर खानले फिल्म ठग्स अफ हिन्दुश्तान पछि कुन फिल्म गर्छन्, भन्ने कुराले उनका शुभ चिन्तक देखी फिल्म प्रेमी दर्शक सबैमा एक किसिमको कौतुहलता पैदा गरेको छ । 

केही समय पहिले अमिरले ठग्स अफ हिन्दुश्तान पछि फिल्म महाभारत बनाउँछन्, भन्ने समाचारले संसार भरमा मिडियाहरुमा राम्रै स्थान पाएको थियो । 

त्यस पछि फेरी अमिर यो फिल्मलाई पछाडी सारेर कपुर एण्ड सन्सका निर्देशक शकुन बत्राको फिल्म ओशो गर्दैछन्, भन्ने समाचारले पनि राम्रै स्थान पाएको थियो । तर अहिले भने फेरी अर्को समाचार प्रकाशीत भएको छ । 

अब अमिर खान यि दुबै फिल्मलाई पछाडी सारेर एउटा हलिउड फिल्मको रिमेक गर्ने भएका छन् । 

प्यारामाउन्ट फिल्म प्रोडक्सनले निर्माण गरेको उक्त फिल्मको नाम भने अहिले सार्वजनीक गरीएको छैन । अमिर खानको फिल्म निर्माण टिम अहिले यो फिल्मको कपिराईट खरीद गर्ने प्रकृयामा जुटेको समाचारमा बताईएको छ । 

Powered by Blogger.