अमिर खान र यसराज फिलिम्स बिच बिवाद, प्रर्दशन नै अन्यौलमा पर्न सक्ने !

बलिउडका तिन खान, सलमान,शाहरुख र अमिरको मुल्य अहिले निर्माण निर्देशक र निर्माण कम्पनीको भन्दा धेरै छ । 

करिब एक, दुई वर्ष पहिले सम्म पारीश्रमीक लिएर काम गर्ने तिन खानहरु अहिले फिल्मको कमाईको प्रतिशतमा दाबी गर्न सम्म पुगेका छन् । अहिले उनिहरुले खेलेको फिल्मबाट कति प्रतिशत कमाई आफुले लिने भन्ने निर्णय पनि उनिहरु आफै गर्छन् ।

करिब एक वर्ष पहिले सम्म फिल्मको कुल कमाईको पचास प्रतिशत सम्म खाने तिन खान अहिले त्यो भन्दा पनि माथी पुगेका छन् ।

यी तिन जना मध्य सबै भन्दा धेरै प्रतिशत लिने अमिर खान हुन् । अमिर एउटा फिल्मबाट ८० प्रतिशत खाँदै आईरहेका छन् । 

यसै क्रममा पछिल्लो समय फिल्म ठग्स अफ हिन्दुश्तानको कारण अमिर र निर्माण कम्पनी एसराज फिलिम्स बिच बिवाद उत्पन्न भएको छ । निर्माण कम्पनी अमिरलाई फिल्म खेले बाफत पारीश्रमीक दिने निर्णयमा पुगेको छ, भने अमिर फिल्मको कुल कमाईको ८० प्रतिशत लिने निर्णयमा पुगेका छन् । 

तर केही वर्ष पहिले प्रर्दशन भएको फिल्म दंगलबाट अमिरले ३० प्रतिशत फाईदा लिएका थिए । अमिरका अनुसार फिल्म छायांकन देखी प्रर्दशन हुँदा सम्म यो फिल्ममा धेरै मान्छे र कम्पनीहरुको सम्लंनता भएको कारण उनि ३० प्रतिशतमा सिमित रहेका थिए । तर ठग्स अफ हिन्दुश्तानमा यसराज फिलिम्स र अमिर मात्रै भएकाले उनि ८० प्रतिशतको अडानमा रहेको भारतीय संचार माध्यहरुले उल्लेख गरेका छन् । 

बितरकले यो फिल्मले ५०० करोड कमाउने पुर्व अनुमान लगायपछि निर्माण कम्पनी र अमिर बिच बिवाद उत्पन्न भएको थियो ।

यहि बिवादको कारण अमिर र एसराज फिलिम्स बिच लिखित सम्झौता हुन सकेको छैन । यि दुई बिच सम्झौता हुन नसकेमा फिल्मको प्रर्दशन नै अन्यौलमा पर्न सक्ने अनुमान लगाउँदै भारतीय संचार माध्यमहरुले समाचार प्रकाशीत गरेका छन् । 

Powered by Blogger.