टिनएजको पारीवारीक गित रिलिज (भिडियो सहित)

श्रावण २५ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र टिनएजले शनिबार पारीवारीक गित रिलिज गरेको छ । बाबु आमाले आफ्ना सन्तान प्रतिको मायाँ झल्काउने यो गितमा विकास चौधरीको संगीत रहेको छ, भने राजेश पायल राई,प्रविशा अधिकारी र टिका प्रसाईको स्वर रहेको छ । 

दिनेश पाख्रीनको निर्देशनमा बनेको यो चलचित्रलाई बिरु मगर र चिनिमायाँ वाईबा पाख्रीनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

टिनएजमा स्व. नृत्य निर्देशक बसन्त जंग रायमाझीको कथा,सुमन उप्रेतीको पटकथा संवाद,बासु न्यौपानेको छायांकन,अनिल गौतमको सम्पादन र दिक्षा पाख्रीन,लिगेश भट्टराई,जनक कार्की,सोम लामा,दिपक शिंहको कोरीयोग्राफी रहेको छ । 

यो चलचित्रमा एन्जीला खड्गी,नरेश बिर शिंह,सरोज शाह,कृष्ण सिवाकोटी,अजय खड्का,सरिता राज उप्रेती,निर्मल स्याङ्गतान,रेसम फिलिलि,मायाँ मगर, प्रतिक्षा खड्का लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

Powered by Blogger.