मधेसी पत्रकार समाजद्धारा टिनएज टिम सम्मानीत !

प्रर्दशनको संघारमा रहेको चलचित्र टिनएज टिमलाई सोमबार मधेसी पत्रकास समाजले सम्मान गरेको छ । 

साउन २५ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रका कलाकार,निर्माता तथा निर्देशकलाई समाजले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

हेलेन पाख्रिन फिलिम्सको ब्यानरमा बिरु मगर,चिनिमायाँ वाईबा पाख्रिन,देबिका खड्का,निर्मल स्याङ्गताङ्गले निर्माण गरेको यो चलचित्रलाई दिनेश पाख्रिनले निर्देशन गरेका हुन् ।

चलचित्रमा एन्जिला खड्का,नरेश बिर शिंह,सरोज शाह,कृष्ण सिवाकोटी,अजय खड्का,सरिताराज उप्रेती,निर्मल स्याङ्गताङ्ग,रेशम फिलिलि,मायाँ मगर,प्रतिक्षा खड्का लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Powered by Blogger.