बन्ने भयो शुभ लभ !

गत सुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र शुभ लभ बनाउने घोषणा गरीएको छ ।

चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयको प्रस्तुती रहने यो चलचित्रमा धर्मराज सुबेदी निर्माताको रुपमा रहने छन्, भने शुभ लभलाई सन्तोष बाबु लोहनीले निर्देशन गर्दैछन् ।

यो चलचित्रबाट युवा ज्योतीष हरिहर अधिकारी पनि चलचित्र क्षेत्रमा सक्रिय भएर अगाडी बढेका छन् । शुभ लभमा हरिहर अधिकारी मुख्य भुमिकामा देखीदैछन्, भने उनको जोडीको रुपमा कृष्टिना पौडेल देखीदै छिन् ।

चलचित्रमा अभिमन्यु निरभिको लेखन,अर्जुन पोख्रेलको संगीत,रामेश्वर कार्कीको छायांकन,रोशन बिक्रम भट्टराईको द्धन्द र रामजि लामिछानेको कोरीयोग्राफी रहने छ ।

पोखरा,अन्नपुर्ण बेसक्याम्प,ईलाम, काठमान्डौ लगायतका स्थानमा छायांकन गरीने बताईएको यो चलचित्रमा हरिहर र कृष्टिना सँगै राजाराम पौडेल,रबिन्द्र झा,प्रदिप बास्तोला,सुर्या थापा, सरोज खनाल लगायत कलाकारहरुले अभिनय गर्दैछन् ।

Powered by Blogger.