यस्तो छ सुश्री सम्पतीको, हुकुम बक्सियोस....(भिडियो सहित)

चलचित्र सुश्री सम्पतीले हुकुम बक्सियोस......, बोल रहेको गित रिलिज गरेको छ । 

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले यो गित रिलिज गरेको हो । 

सुरेश अधिकारीको शब्द तथा संगीतमा तयार भएको यो गितमा विशाल राई र मेलिना राईको स्वर रहेको छ, भने भिडियोको कोरीयोग्राफी गम्भिर विष्टको,छायांकन शिबराम श्रेष्ठको र सम्पादन भरत रेग्मीको रहेको छ ।

सुश्री सम्पतीलाई राहुल ईन्टरटेन्मेन्टको ब्यानरमा रमेश त्वयना,विज्ञान राई,नुनम सुब्बा र रमन शिलाकारले निर्माण गरेका हुन भने सुब्रत आर्चायले निर्देशन गरेका हुन ।

चलचित्रमा प्रमोद अग्रहरी,सलोन बस्नेत,सारा श्रीपाली,राजाराम पौडेल,सुनिता श्रेष्ठ ठाकुर,सन्तोष खनाल,रोशनी कार्की लगायत कलाकारहरुले अभिनय गरेका छन् ।



Powered by Blogger.