यस कारण पोर्न ईण्डस्ट्रीमा आएकी थिईन सन्नी लियोनी !

पछिल्लो समय संजय दत्तको बायोपीक चलचित्र संजुको चर्चा सेलाउन नपाउँदै सन्नी लियोनीको बायोपीक वेभ सिरिज करणजीतः द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी को चर्चा चुलिएको छ । 

१० भाग सम्म बन्ने यो वेभ सिरिज सन्नीको जिवन कथामा आधारीत रहेको छ । यो सिरिजमा सन्नी लियोनीको जिवनका सम्पुर्ण किस्साहरुलाई समावेस गरीने निर्माण पक्षले बताएको छ । 

भारतीय संचार माध्यमहरुले प्रकाशीत गरे अनुसार सन्नीले आफ्नो जिवनको पहिलो कमाईले आमाको मंगलसुत्र बचाएकी थिईन् ।

परिवारमा गरिबीले चरम सिमा नाघे पछि घर चलाउन सन्नीको आमाले आफ्नो मंगलसुत्र धरौटी राखेर पैसा लिएकी थिईन् । 

२००३ मा सन्नीलाई बोल्ड फोटो सुट गर्ने अवसर आए पछि सन्नी उक्त फोटो सुटको लागी तयार थिइनन् । तर त्यतीबेला उनको पिताको जागीर थिएन र घर चलाउन निकै समस्या परेको थियो । त्यही समस्या टार्नको लागी सन्नीले एडल्ट म्यागेजीन पेन्टाहाउसको लागी फोटो सुट गरेकी थिईन् । 

सन्नीले उक्त फोटोसुटबाट १००० डलर कमाएकी थिईन । त्यो फोटो पेन्टाहाउसमा प्रकाशीत भएपछि एडल्ड दुनीयाँमा उनको डिमान्ड बड्दै गयो र त्यहीबाट उनि बिस्तारै पोर्न ईन्डस्ट्रीमा होमीएकी थिईन् । 

Powered by Blogger.