राजधानीको समाखुशीमा खुल्यो काली रेर्कडीङ्ग स्टुडीयो !

राजधानीको समाखुशीमा काली रेर्कडीङ्ग स्टुडीयो खुलेको छ । यो स्टुडीयोलाई करण थापा र पुर्ण बुढामगरले खोलेका हुन् ।

आईतबार यो स्टुडीयो सँगै करण फिल्म प्रोडक्सनको पनि उद्घाटन भएको छ । लोक गायक राजु परियार, कानुन ब्यावसायी सुरज भुसाल र स्टुडीयो संचालक पुर्ण बुढाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

उद्घाटनको क्रममा बोल्दै गायक परियारले, यस स्टुडीयोमा गुणस्तरीय गित संगीतको उत्पादन हुने कुरामा आफु ढुक्क रहेको बताएका छन्, भने कानुन ब्यावसायी भुसालले यो स्टुडीयो र फिल्म प्रोडक्सन कम्पनीले गित संगीत र चलचित्र क्षेत्रमा उल्लेख्नीय योगदान दिन सक्षम रहने बताएका छन् ।

Powered by Blogger.