केही काम नगरी १२ करोड पाउने भएपछि संजय दत्त दंग !

हाल प्रर्दशन भैरहेको चलचित्र संजुबाट बलिउड अभिनेता संजय दत्तले १२ करोड क्याँस सँगै चलचित्रको कमाईबाट केही प्रतिशत सेर पनि पाउने भएका छन् ।

संजय दत्तको बायोपीक चलचित्र संजुमा संजयको भुमिकामा रणबिर कपुरले अभिनय गरेका छन् । यो चलचित्रबाट रणबिरको अभिनयको तारीफ चौतर्फी बढेको छ ।

प्रर्दशन भएको एक हप्तामा २०२ करोड भन्दा धेरै कमाएको यो चलचित्रलाई राजकुमार हिरानीले निर्माण तथा निर्देशन गरेका हुन् । संजुले बलिउडमा धेरै पैसा कमाएका सबै चलचित्रहरुको रेर्कड तोड्न पनि सफल भएको छ ।

निर्माता तथा निर्देशक राजकुमार हिरानीले संजय दत्तलाई चलचित्रको सेटलाईट राईट,डिजिटल राईट र म्युजीक राईटबाट भएको कमाईको ५ देखी १० प्रतिशत सेर पनि दिने निर्णय गरेको समाचार भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 

Powered by Blogger.