यस कारण चिनमा अझै चल्न सकेन संजु !

रणविर कपुर अभिनित चलचित्र संजु बिश्वका धेरै देशहरुमा एकै पटक प्रर्दशन भए पनि चिनमा भने अझै प्रर्दशन भएको छ । 

चिनको चलचित्र निति अनुसार कुनै पनि बिदेशी चलचित्रहरुले आफ्नो देश सँगै एउटै मितिमा चिनमा प्रर्दशन गर्न पाउँदैनन् । यहि कारणले गर्दा संजु चिनमा अहिले सम्म प्रर्दशन भएको छैन् । बिगतमा पनि बलिउड,हलिउड लगायत अन्य देशका बहु प्रतिक्षित चलचिहरुले पनि एउटै मितिमा चिनमा प्रर्दशन हुने अवसर पाएका छनन् । 

आमिर खान अभिनित चलचित्र दंगलले पनि भारत लगायतका देशमा प्रर्दशन भएको करिब ६ महिना पछि मात्रै चिनमा प्रर्दशन हुने अवसर पाएको थियो । करिब ६ महिना पछि प्रर्दशन हुँदा पनि दंगलले सयौं करोडको ब्यापार गरेको थियो । अब चलचित्र संजुले पनि २०१८ को डिसेम्बरमा मात्रै चिनमा प्रर्दशन हुन पाउने समाचार भारतीय संचार माध्यमहरुले लेखेका छन् ।

संजुका निर्माता तथा निर्देशक राजकुमार हिरानी यो चलचित्रले चिनबाट पनि करोडौं पैसा कमाउनेमा ढुक्क रहेको समाचारमा उल्लेख गरीएको छ ।

समाचारका अनुसार चिनियाँ दर्शकहरुले सेन्टीमेन्ट धेरै रुचाउँछन् । दंगलमा अमिर खानको भुमिकालाई उनिहरुले निकै रुचाएका थिए । त्यसै कारण संजुलाई पनि चिनियाँ दर्शकको राम्रो साथ पाउनेमा संजु निर्माण पक्ष ढुक्क रहेको बताईएको छ ।  

Powered by Blogger.