यस्तो छ, संजुको वल्र्डवाईड ब्यापारको ताजा रिपोर्ट !

गत सुक्रबारबाट वल्र्डवाईड प्रर्दशन भएको बलिउड अभिनेता संजय दत्तको बायोपीक चलचित्र संजुले भारतमा मात्रै नभएर अन्य देशमा पनि निकै राम्रो ब्यापार गरेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

भारतीय संचार माध्यमहरुका अनुसार दुबईमा दर्शकको चाप अत्याधीक भएकाले दुबई सरकारले २४ सै घण्टा सिनेमा घर खुल्ला राख्ने ईजाजत दिएको छ । 

दुबईमा यो चलचित्र बिहान ४ः३० बजेको शो पनि हाउसफुल भएको समाचारमा उल्लेख गरीएको छ ।
राजकुमार हिरानी निर्देशीत यो चलचित्रले बाहुबलीले भन्दा राम्रो ब्यापार गरेको समाचार प्रकाशीत भएका छन् । 

संजुले ४ दिनमा भारतबाट मात्रै १४५ करोड रुपैंया कमाई गरीसकेको छ, भने क्यानडा र अमेरीकाबाट १७ करोड,गल्फ देशहरुबाट १२ करोड,अष्ट्रेलीयाबाट साडे ४ करोड,बेलायतबाट ४ करोड र पाकिस्तानबाट पनि ४ करोड भन्दा धेरै कमाई गरेको बताईएको छ । 

रणबिर कपुर,परेश रावल,विक्की कौशल,सोनम कपुर,अनुष्का शर्मा,दिया मिर्जा,बोमन ईरानी लगायत कलाकारहरुले अभिनय गरेको यो चलचित्रले अहिले सम्म २०२ करोड भन्दा धेरै कमाई गरेको भारतीय संचार माध्यमहरुले लेखेका छन् । 

Powered by Blogger.