सलमान खानलाई नेपाल ल्याउँछु भन्ने सिमान्त गुरुङ्ग पक्राउ !

सलमान खानलाई नेपाल ल्याउँछु भन्दै, टिकट बिक्री गरेर हजारौं नेपालीलाई ठगी गरेको अरोपमा सुक्रबार ओडीसी ईन्टरटेन्मेन्ट प्रा.लि का प्रमुख सिमान्त गुरुङ्गलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको समाचार प्राप्त भएको छ ।

गुरुङ्गले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्ने भन्दै प्रति ब्याक्ती ३ हजार देखी २० हजार सम्म टिकट बिक्रीको माध्यमबाट ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरीएको अपराध अनुसन्धान महाशाखाले बताएको छ । 

गुरुङ्ग माथी ठगी गरेको आरोप मात्रै नभएर बिदेशी संस्कृतीलाई नेपाल भित्राउने काम गरेको पनि आरोप लागेको बुझिएको छ । 

उनले २०१३ मा पनि यसै गरी ठगी गरेको उजुरी परेको प्रहरी बताईएको छ ।  उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरीने प्रहरीले बताएको छ ।

Powered by Blogger.