संसारको सबै भन्दा धेरै पैसा कमाउने १०० जना भित्र सलमान र अक्षय पनि !

मंगलबार फोब्र्सले संसारको सबै भन्दा धेरै पैसा कमाउने १०० जनाको नाम सार्वजनीक गरेको छ । यो १०० जनाको लिस्टमा बलिउड अभिनेता सलमान खान र अक्षय कुमारको नाम पनि समाबेस भएको छ । 

सलमान खान यो १०० जनामा ८२ औं स्थानमा परेका छन्, भने अक्षय कुमार ७६ औं स्थानमा परेका छन् । फोब्र्सका अनुसार सलमान भन्दा अक्षय धेरै पैसा कमाउनेमा परेका छन् । 

पछिल्लो एक वर्षमा सलमानले भन्दा अक्षयले १९ करोड धेरै पैसा कमाउन सफल भएका छन् । गएको एक वर्षमा अक्षयले २७७ करोड कमाएका छन्, भने सलमानले २५८ करोड कमाएका छन् । 

पछिल्लो वर्ष अक्षयले समाजीक र चेतनामुलक चलचित्रहरु प्याडम्यान,ट्वाईलेट जस्ता चलचित्रमा अभिनय गरेका थिए । यि चलचित्रहरु ब्यावसायीक रुपमा सफल हुनु सँगै समाज परिर्वतन गर्न पनि उल्लेख्यनीय भुमिका खेलेको भन्दै अक्षयको चौतर्फी तारीफ भयो । यो तारीफ सँगै उनले कयौं बिज्ञापनहरुमा अभिनय गर्ने मौका पाएका थिए र ति विज्ञापनबाटै यो सबै पैसा कमाउन सफल रहेको फोब्र्सले बताएको छ । 

पछिल्लो एक वर्षमा संसारमा सबै भन्दा धेरै कमाउने उत्कृष्ठ १० जनाको नाम यस प्रकार रहेको छ ।
फोब्र्सको लिस्ट अनुसार उत्कृष्ठ ५ सम्म अमेरीकाकै दबदबा रहेको छ । 

पछिल्लो एक वर्षमा २८५ मिलियन डलर कमाई गरेर फ्लोयड मेवेदर एक नम्बरमा परेका छन्, भने (२३९ मिलियन डलर कमाउँदै जर्ज क्युली) दोश्रो नम्बरमा (१६६.५ मिलियन डलर कमाउँदै काईली जेनर) तेश्रो नम्बरमा (१४७ मिलियन डलर कमाउँदै जुडी शिड्लीन) चौथो नम्बरमा (१२४ मिलियन डलर कमाउँदै ड्वयन जोनसन) पाँचौं नम्बरमा (११८ मिलियन डलर कमाउँदै यु२) छैंटौं नम्बरमा (११५ मिलियन डलर कमाउँदै कोल्डप्ले) सातौं नम्बरमा (१११ मिलियन डलर कमाउँदै लियोनेस मेसी) आठौं नम्बरमा (११० मिलियन डलर कमाउँदै ईडी शिरन) नवौं नम्बरमा (१०८ मिलियन डलर कमाउँदै क्रिस्टियानो रोनाल्डो) दशौं नम्बरमा पर्न सफल भएका छन् । 

Powered by Blogger.