रेश ३ को असफलता पछि छिमेकी सँग लफडा गर्दै सलमान खान !

पछिल्लो समय बलिउड अभिनेता सलमान खानको दिनदशा बिग्रियको चर्चा चल्न थालेको थालेको छ । उनले निकै अपेक्षा गरेको चलचित्र रेश ३ को आलोचनाबाट पिडित बनेका सलमानलाई उनकै छिमेकीले पनि गम्भीर किसिमको आरोप लगाएका छन् 

मुम्बैको नजिकै रहेको पनवेल भन्ने ठाउँमा सलमान खानको र्फाम हाउस छ । उनको र्फाम हाउस सँगै जोडीएको जग्गा केतन कक्कड भन्ने ब्याक्तीले १९९६ मा साडे २७ लाखमा खरीद गरेका थिए । केतन उक्त जग्गामा घर बनाउन चाहान्थे । तर बिगत केही वर्ष देखी सलमानले उक्त जग्गामा घर बनाए आफ्नो फार्म हाउसको सुन्दरता मेटीने भन्दै केतनलाई घर बनाउन नदिएको बताईएको छ । 

अमेरीका बसाई भएको समयमा केतन मुम्बै आउँदा सलमानको फार्म हाउसमा आउने जाने गर्दथे । छिमेकीको नाताले सलमान पनि केतनलाई राम्रै ब्यवहार गर्दथे । तर अमेरीका छोडेर केतन मुम्बै नजिकै रहेको  आफ्नै जग्गामा घर बनाएर बस्न चाहेपछि भने सलमान सँग सम्बन्ध बिग्रीएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 

समाचारका अनुसार केतन केही महिना पहिले आफ्नो जग्गामा आफुले घर बनाउन पाउनु पर्ने भन्दै सम्बन्धीत सरकारी निकायमा पुगेका थिए । त्यस पछि उक्त सरकारी कार्यलयले केतनलाई आफ्नो जग्गामा घर बनाउन नरोक्नु भन्ने पत्र सलमान खानलाई पठायो । सलमानले भने त्यसको केही दिनमै त्यो पत्रमा साईन गर्ने सरकारी कर्मचारीको नै सरुवा गराए । 

Powered by Blogger.