रेश ३ बाट क कसलाई कती घाटा र कती नाफा भयो ? यस्तो छ हिसाब किताब ।

भर्खरै मात्रै प्रर्दशन भएर निकै आलोचना खेपीरहेको चलचित्र रेश ३ घाटा नाफा हिसाब किताब सबै छर्लङ्ग भएको छ । यो चलचित्रमा निर्माता भनेर सलमान खानको नाम र उनको कम्पनीको नाम राखीए पनि क्यास लगानी रमेश तौरानीले मात्रै गरेको भारतीय संचार माध्यमहरुले लेखेका छन् । 

समाचारमा भनीएको छ, तौरानीले यो चलचित्रमा ८० देखी देखी १०० करोड नगद पैसा लगायका थिए । 

तर चलचित्र प्रर्दशन पश्चात तौरानीले एक रुपैयाँ पनि फिर्ता नपाउने भएका छन् । तौरानीले रेश ३ प्रर्दशन पुर्व बितरकहरु सँग लिएको २० करोडमै चित्त बुझाउनु पर्ने भएको छ । तर सलमानले भने बिना लगानी १०५ करोड बितरकहरु सँग लगीसकेको बताईएको छ ।

बितरकहरु सँग सलमान र तौरानीले चलचित्र प्रर्दशन पुर्व नै १२५ करोड लिई सकेका थिए । १२५ करोड मध्य १०५ करोड सलमान खानले लगेको र २० करोड मात्रै तौरानीको हातमा परेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यस अघि रेश ३ को कमाईको विषयमा जे जती भनेर समाचार आएका थिए । ति सबै ग्रसको हिसाब भएको बताईएको छ । उक्त रकमबाट सिनेमा हलको प्रतिशत कटाउँदा र अन्य ट्याक्स कटाउँदा निर्माता बितरक सबै घाटामा जाने भएका हुन ।

समाचारका अनुसार यो फिल्मबाट बितरकहरु लगभग ५० करोड घाटामा पर्ने उल्लेख गरीएको छ । 
चलचित्र ट्युबलाईटको घाटा बेहोरेर बिच्कीएका सलमानले बितरकहरु सँग पहिले नै यो चलचित्रबाट घाटा लागेमा आफुले उक्त घाटा नबेर्होने गरी सम्झौता गरेका थिए । 
१२५ करोड लगानी गरेका बितरकहरुको पनि ७५ करोड मात्रै उठ्न सक्ने समाचारमा भनिएको छ 


Powered by Blogger.