यस्तो छ (साली कसको भेनाको) को गित (भिडियो सहित) !

बिगतमा कान्छी, कर्जा जस्ता सफल र सम्झन लायक चलचित्र निर्माण गरेका निर्माता प्रसाद श्रेष्ठ पुनः चलचित्र निर्माणमा फर्कीएका छन् । प्रसादले निर्माण गरेको पछिल्लो चलचित्र (साली कसको भेनाको) ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी एउटा गित रिलिज गरेको छ ।

रिलिज गरीएको मायाँ तिमीलाई......,बोल रहेको यो गितमा शब्द तथा संगीत सुरज शाही ठकुरीको रहेको छ, भने स्वर पनि सुरज र आकांक्षा बस्यालको रहेको छ । 

गितको भिडियोमा गम्भीर बिष्टको कोरीयोग्राफीमा अभिनेत्री मरिस्का पोख्रेल र अभिनेता देव सागरलाई प्रस्तुत गरीएको छ । 

मुभिङ्ग पिक्र्चसको ब्यानरमा प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका छन्, भने राम प्रसाद श्रेष्ठ,सुशिल गोपाल न्याछ्यो,कमला भट्टराई,मुक्ति अधिकारी र काजीमान श्रेष्ठले मिलेर निर्माण गरेका छन् । 

मरिस्का पोख्रेल,बुद्धि तामाङ्ग,रबि गिरि,विल्सन बिक्रम राई,रजनी गुरुङ्ग,सुष्मा कार्की,जयनन्द लामा,कबिता आले,प्रिया रिजाल लगायत कलाकारहरुले अभिनय गरेको यो चलचित्रमा दिर्घ गुरुङ्गको छायांकन,बनिश शाहको सम्पादन,बसन्त श्रेष्ठ,गम्भिर विष्ठ,सुमित लामाको कोरीयोग्राफी,रबि प्रकासको द्धन्द,पुष्प आचार्यको कथा र प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी,मिन घलानको संगीत रहेको छ ।



Powered by Blogger.