रणबिर बिरुद्ध पुणे अदालतमा मुद्धा दर्ता !

पछिल्लो समय संजुको कारण चर्चामा रहेका अभिनेता रणबिर कपुर बिवादमा फसेका छन् । 

कपुरलाई उनकै घरमा भाडमा बस्नेले ५० लाख जरिमाना तिर्नु पर्ने भनी पुणेको अदालतमा उजुरी दिएको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् । कपुरले पुणेको ट्रम्प टावरमा ६०९४ स्क्वाएर फिटको अपार्टमेन्ट भाडामा दिएका छन् । 

समाचारका अनुसार पुणेकी एक महिला शितल शुर्यबंसीले रणबिरको अर्पाटमेन्ट भाडामा लिएकी थिईन् । 

शितल र रणबिर बिच २४ महिनाको लागी भाडा सम्झौता भएको थियो र शितलले पनि सोही अनुसार रणबिरलाई भाडा बाफत पैसा बुझाएकी थिईन् । तर रणबिरले शितल त्यो अर्पाटमेन्टमा सरेको ४ महिना पनि बित्न नपाउँदै आफ्नो अर्पाटमेन्ट खाली गर्न भने पछि शितल अदालत पुगेकी हुन् । 

रणबिर सम्झौता अनुसार नचल्दा आफुलाई ५० लाख भन्दा घाटा लागेको भन्दै क्षतीपुर्तीको दाबी सहित अदालत पुगेकी छिन् । 

रणबिरले भने आफु माथी लागेका सम्पुर्ण आरोपहरु झुटा भएको भन्दै अदालतलाई बयान दिएका छन् । 

Powered by Blogger.