रजनीकान्त, भरिया,कन्डक्टर हुँदै सुपरस्टर सम्म ! यस्तो छ उनको नालीबेली !

दक्षीण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्तले पछिल्लो समय राजनीतीकमा सक्रिय हुने बताएका छन् । फिल्मी करियर पछि अब ६७ वर्षीय रजनीकान्त नयाँ पार्टीबाट आफ्नो राजनीती करियर सुरु गर्ने तयारीमा रहेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।

२०२१ म हुने तामिलनाडुको बिधान सभाको चुवानमा रजनी पनि मैदानमा उत्रिने भएका छन् ।

रजनीले आफ्नो जिवनको सुरुवात बतौरको बस स्टेसनमा कन्डक्टरको कामबाट गरेका थिए । बसको कन्डक्टर हुँदा उनको अचम्मको क्रियाकलाप देखेपछि रजनीलाई फिल्मको अफर आएको थियो ।

१२ डिसेम्बर १९५० मा बैंगलोरको मराठी परिवारमा जन्मिएका रजनीले ४ वर्षकै उमेरमा आमा गुमाएका थिए । ४ वर्षीय रजनीले आमा गुमाएपछि निकै दुख पाएका थिए । त्यसै कारणले गर्दा सानै उमेरबाट बतौर बसर्पाकमा भरीया देखी कन्डक्टरको काम गर्न पुगेका थिए । 

उनको न्वारानको नाम भने शिवाजी राव गायकवड हो ।

बस ब्यावसायी बिच निकै लोकप्रिय रहेका रजनीलाई राजबहादुर नाम गरेका एउटा बसको ड्राईभरले फिल्म खेल्न दबाब दिएका थिए । आफ्ना यातायात मजदुर साथीहरुको सहयोगमा रजनीले (अपुर्वा रागनगाल) फिल्मबाट फिल्मी यात्रा सुरु गरेका थिए ।

यो फिल्ममा रजनीले सानो नेगेटीभ भुमिकामा अभिनय गरेका थिए, २५ ओटा फिल्ममा नेगेटीभ भुमिकामा अभिनय गरीसकेपछि बल्ल उनले हिरोको भुमिकामा काम गर्ने अवसर पाएका थिए । भुवन ओरु केल्विकुरी नामक फिल्मबाट रजनी हिरो भनेका थिए । 

Powered by Blogger.