प्ले ब्वाय निकको ९ औं प्रेमीका हुन प्रियंका, यस्तो छ, निकको नालीबेली !

३५ वर्षीय बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय २५ वर्षीय अमेरीकी गायक निक जोनास सँगको प्रेम प्रसंगले निकै चर्चामा छिन् । भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार प्रियंका र निक यहि जुलाई देखी अगस्ट सम्ममा बैवाहीक बन्धनमा पनि बाँधीने तयारीमा रहेका छन् ।

त्यसो त यि दुई बैवाहीक बन्धनमा बाँधीन्छन्, भन्ने केही ग्यारेन्टी भने छैन् । किन कि निक नयाँ नयाँ प्रेमीका बनाउन सौखीन युवक हुन् । त्यस माथी प्रियंका निक भन्दा १० वर्षले जेठी पनि हुन् । 
समाचार अनुसार प्रियंका निकको ९ औं प्रेमीका हुन्, । निकले प्रियंका भन्दा पहिले ८ ओटी प्रेमीका सँग डेट गरीसकेका छन् । 

२००६ मा अमेरीकी गायीका तथा अभिनेत्री माईली सायरस निकको पहिलो प्रेमीका थिईन्, । उक्त समय यि दुई बिच गाडा प्रेम बम्बन्ध थियो । तर २००७ मै यि दुईको प्रेममा पुर्ण बिराम लाग्यो ।

माईली सँग ब्रेकअप भएको एक वर्ष पछि २००८ मा निक फेरी गायीका, अभिनेत्री तथा प्रोड्युसर सेलेना गोमेज सँग प्रेम सम्बन्ध जोड्न पुगे । सेलेना र निकको प्रेम पनि एक वर्ष भन्दा धेरै टिकेन । २००९ मा यि दुई आलग भए । फेरी २०१० मा पनि यि दुई बिच अफयर चलेको समाचार आएको थियो । तर त्यो समाचार गलत सबीत भैदीयो ।
आफु भन्दा ८ वर्ष जेठी अष्ट्रेलीय गायीका तथा अभिनेत्री डेल्टा गुड्रेम सँग पनि निकले डेटीङ्ग गरे ।  तर यि दुईको प्रेम पनि ८ महिना भन्दा धेरै टिकेन र २०१२ मा निक र डेल्टा आ आफ्नो बाटो लागे ।

२०१२ मै निक फेरी अमेरीकी मोडल तथा मिस युनीर्भसल बिजेता ओलिबिया कल्पो सँग प्रेम सम्बन्ध जोड्न पुगे । यि दुईको प्रेमले भने तिन वर्ष सम्म निरन्तरता पायो । २०१५ मा अरु प्रेमीकाहरु सँग जस्तै ओलिबिया सँग पनि निक अलग भए ।

२०१५ मै निक फेरी अमेरीकी मोडल तथा टिभि स्टार केंडल जेनर सँग प्रेम सम्बन्धमा रहे । यि दुईको प्रेमले एक वर्ष पनि पुरा गर्न सकेन । अन्ततः२०१५ मै केंडल र निक अलग अलग भए ।
केंडल सँग अलग भएकै वर्ष निक फेरी आफु भन्दा १४ वर्ष जेठी हलिउड अभिनेत्री तथा ब्यापारी केट हडसन सँग प्रेम गर्न पुगे । यो कुराको खुलासा २०१६ मा निकले एउटा अमेरीकी म्याग्जीनलाई दिएको अन्र्तवार्तामा गरेका थिए । निक र केटको प्रेम सम्बन्धले सकी नसकी एक वर्ष पुरा गर्यो र २०१६ मा यि दुई पनि अलग भए ।

२०१६ मै निक फेरी ब्रिटिस अभिनेत्री तथा लेखक लिलि कोंलिस सँग प्रेम गर्न पुगे । लिलि र आफु प्रेम सम्बन्धमा रहेको कुरा निकले ब्रिटिसको एउटा म्यागजीनलाई अन्र्तवार्ता दिने क्रममा बताएका थिए ।
लिलि सँगको प्रेम सम्बन्ध टुंगीएको समाचार बाहीर आउन नपाउँदै निक फेरी न्युजील्यान्डकी मोडल र्जोजिया फाउलर सँग प्रेममा रहेको समाचार आएको थियो । र्जोजिया र निक पहिलो पटक २०१७ नोभेम्बरमा एउटा ईंगेज्मेन्ट पार्टीमा भेट भएका थिए । त्यसपछि निकले र्जोजिया सँग पनि एक वर्ष सम्म डेटीङ्ग गरे ।

र्जोजिया सँग ब्रेकअप भएको लगत्नै निक फेरी प्रियंका चोपडा सँग प्रेम सम्बन्धमा रहेका छन् । प्रियंका सँगको सम्बन्ध लामो समय सम्म टिक्छ अथवा अरु सँगको जस्तै केही महिना र वर्षमा टुंगीन्छ ? त्यो भने हेर्न बाँकी छ । 

Powered by Blogger.