मुम्बै महानगरपालीकाले प्रियंकाको घर भत्काउँदै !

पछिल्लो समय आफु भन्दा जुनियर प्रेमीको कारणले चर्चामा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडा माथी मुम्बैको महानगरपालीका बिएमसीले अबैध निर्माणको आरोप लगाएको छ । 

मुम्बै अंधेरी वेश्टमा प्रियंकाको अफिस रहेको छ । उनको अफिस सँगै अलिकती खाली जग्गा रहेको छ र त्यो जग्गा प्रियंकाले करिश्मा ब्युटी स्पा एण्ड सैलुनलाई भाडामा दिएकी छिन् । 

यो खाली जग्गामा अबैध निर्माण गर्ने अनुमती दिएको भन्दै बिएमसीले प्रियंकालाई उक्त खाली जग्गामा बनाएको घर भत्काउन नोटीस पनि पठाई सकेको छ ।

बिएमसीले २ ओटा नोटीस टाँस्दा पनि प्रियंकाले कुनै रेस्पोन्स नदिएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

समाचारका अनुसार अब एउटा नोटीस टाँस्दा पनि प्रियंकाबाट कुनै जवाफ नआए उक्त भवन बिएमसीले भत्काउने बताईएको छ ।  

हाल अमेरीकामा प्रेमी सँग डेटिङ्गमा ब्यस्त रहेकी प्रियंका कहिले मुम्बै फर्कन्छीन्, र बिएमसीको नोटीसको जवाफ दिन्छीन्, यो कुरा भने अन्यौलमै रहेको समाचारमा बताईएको छ । 


Powered by Blogger.