कमेडीले भरिएको ‘पिरिम पर्या छन्’ को ट्रेलर रिलिज !

साउन २५ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र ‘पिरिम पर्या छन्’ ले शुक्रबार ट्रेलर रिलिज गरेको छ । रिलिज गरिएको ट्रेलर हेर्दा यो चलचित्र पुर्ण हाँस्य प्रदान रहेको बुझिन्छ । 

माता बसुन्धरा मुभिज र बन्धु फिलिम्सको ब्यानरमा पुरन थापाको निर्माण र निर्देशन रहेको यो चलचित्रमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला,उमा कार्की,लय संग्रौला,पुरन थापा,सुरवीर पण्डितका कलाकारहरुले अभिनय गरेका छन् । 

पिरिम पर्या छन्, मा बिमल ढकालको छायांकन,बिकास चौधरी,बिनोद भुजेलको संगीत,बाबु बलामीको द्धन्द रहेको छ । 

यो चलचित्रलाई  सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् । 



Powered by Blogger.