यसो भन्छ, आफ्नो चलचित्रको विषयमा (पण्डित बाजेको लौरी) टिम !

आउँदो सुक्रबार साउन ४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र (पण्डित बाजेको लौरी) ले सोमबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको विषयमा पत्रकारहरुलाई जानकारी गराएको छ । 

नेपालको मध्यपश्चिम क्षेत्रमा रहेको बादी समुदायको विषयमा निर्माण भएको यो चलचित्र ट्रेलरमा दुई अर्थे शब्द प्रयोग गरीएको कारणले केही चर्चामा पनि छ ।

चलचित्रको विषयमा बोल्दै अभिनेत्री संध्या केसीलेः आफुले बादी महिलाको भुमिकामा अभिनय गर्नको लागी बादी समुदायमै बसेर अध्यन गरेको बताएकी छिन् । उनले के कती अध्यन गरीन् भन्ने कुरा चाँई चलचित्र प्रर्दशन पश्चात मात्रै थाहा हुने छ । 
आफ्नै श्रीमतीलाई यौन ब्यावसायमा संलग्न गराउने पतिको भुमिकामा अभिनय गर्नु पर्दा आफु निकै आश्चर्य चकित भएको बताउँदै, अभिनेता बिजय बरालले अगाडी थपेः नेपालमा अझै पनि त्यस्तो समुदाय छ, भन्ने मैले कल्पना सम्म गरेको थिईन ।
कार्यक्रममा यो चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरुले चलचित्र उत्कृष्ठ बनेको दाबी गरेका छन् ।

निर्देशक दिपक ओली भनेः दशकौं देखी बादी समुदायले अंगाल्दै आएको यौन ब्यावसायको अन्त्य गर्ने र उनिहरुको समुदायको उत्थान गर्न आफ्नो चलचित्रले थोरै भए पनि सकारात्मक भुमिका खेल्नेमा आफु बिस्वस्त रहेको बताएका छन् ।  

थमनकुमार भण्डारी निर्माता रहेको यो चलचित्रमा सह निर्माताको रुपमा किशोर खड्का रहेका छन्, भने चलचित्रमा सन्ध्या केसी,मरिस्का पोख्रेल,बिजय बराल,प्रविण खतीवडा,भोलाराज सापकोटा,प्रमोद अग्रहरी,अनुपमा भण्डारी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Powered by Blogger.