प्रिमियरमा रुचाईयो पण्डीत बाजेको लौरी !

भोली सुक्रबार अर्थात साउन ४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र पण्डीत बाजेको लौरीले बुधबार राजधानीमा प्रिमियर शो को आयोजना गरेको छ । उक्त प्रिमियरमा चलचित्र हेर्ने धेरैले यसको तारीफ गरेका छन् । 

यो चलचित्रको ट्रेलमा दुई अर्थे शब्द धेरै प्रयोग गरिएको कारणले चलचित्रमा कतै अश्लिनता धेरै त छैन ? भन्ने धेरैलाई लागेको थियो । तर पण्डीतबाजेको लौरी हेरीसकेपछि केही सिने पत्रकारुहरुले दुई अर्थे शब्दको प्रयोगलाई केही महत्व दिएता पनि चलचित्र अश्लिन नभएको प्रतिकृया दिएका छन् । 

नेपालको मध्यपश्चिम भु भागमा रहेको बादी समुदायको जिवनको वरीपरी घुमेको यो चलचित्रलाई दिपक ओलीले निर्देशन गरेका हुन्, भने अधृत फिलिम्सको ब्यानरमा थमनकुमार भण्डारी र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा सन्ध्या केसी,भोलाराज सापकोटा,मरिस्का पोख्रेल,विजय बराल,प्रमोद अग्रहरी,विशाल पहारी,लोकेन्द्र लेखक,कुलदिप अधिकारी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।  

Powered by Blogger.