हेर्नुस यस्तो छ,मिस्टर भर्जीन को ट्रेलर (भिडियो सहित)

केही दिन अगाडी राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र मिस्टर भर्जीनको ट्रेलर रिलिज गरीएको छ । यौन मनोविज्ञानमा आधारीत यो चलचित्र भदौ १ गतेबाट प्रर्दशन हुँदैछ । 

यो चलचित्रले यस अघि दुई गित पैसा फ्याक तमासा देख..र टुल्की......, बोल रहेको रिलिज गरीसकेको छ ।

बिसारद बस्नेतको निर्देशनमा बनेको मिस्टर भर्जीनलाई वल्र्ड वाईड फिल्म डिष्ट्रिब्युसन कम्पनीको ब्यानरमा निर्माण गरीएको छ, भने चलचित्रमा भोलाराज सापकोटा,मरिस्का पोख्रेल,गौरब पहाडी,कमलमणी नेपाल,बिजय बराल,श्रृजना सुब्बा,रबिन्द्र झा लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन,बिक्रम स्वाँर,दिपक याम शिंहको कोरीयोग्राफी,श्रीकृष्ण बम मल्ल,सुरज पण्डीत,आधा सुर,मिस्टर आर.जेको संगीत रहेको छ भने खिलेन्द्र तिमल्सीना,प्रजापती सिवाकोटी,मुकेश रेग्मी,बिसारद बस्नेत लगायतले लगानी गरेका छन् ।



Powered by Blogger.