बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्ललाई पुत्र शोक !

बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्ललाई पुत्र शोक परेको छ । मल्लका जेठा छोरा राज मल्लको बुधबार जंडीज रोगको कारणले निधन भएको छ । 

पिता कृष्ण मल्ल लामो समय देखी चलचित्र क्षेत्रमा सक्रिय रहेता पनि छोरा राज भने होटल रेष्टुरेन्ट ब्यावसायमा संलग्न थिए । 

४० वर्षीय राजको मंगलबार राती नै पशुपती आर्यघाटमा अन्तीम संस्कार गरीएको छ  । 

Powered by Blogger.