आजबाट प्रर्दशन भएका तिनै चलचित्रलाई साख जोगाउन कठिन !

साउन ४ गते, आजबाट सिनेमा हलमा तिन ओटा सिनेमाले प्रर्दशन आरम्भ गरेका छन् । 
केही दिन अगाडी राजधानीमा प्रिमियर शो गरेर राम्रै प्रंसशा पाएको पण्डित बाजेको लौरी सँगै भैरे र चक्कर यो हप्ता भिड्ने सिनेमाहरु हुन् । 

बादी समुदायको कथामा निर्माण भएको पण्डित बाजेको लौरीलाई अधृत फिलिम्सको ब्यानरमा थमनकुमार भण्डारी र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन्, भने दिपक ओली यसका निर्देशक हुन् ।

यो चलचित्रमा मरिस्का पोख्रेल,सन्ध्या केसी,भोला राज सापकोटा,बिजय बराल,प्रमोद अग्रहरी,कुलदिप अधिकारी,लोकेन्द्र लेखक,विशाल पहारी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

त्यसै गरी गत वर्ष बिभिन्न अन्तराष्ट्रीय पुरस्कार जित्न सफल चलचित्र डाईन क्यान्डको टिमले बनाएको चलचित्र चक्करले पनि यसै हप्ताबाट प्रर्दशन आरम्भ गरेको छ । चक्करमा रबिन आचार्यको निर्माण तथा छायांकन रहेको छ, भने अनुष्क रौनीयारले निर्देशन गरेका छन् ।

चक्करमा श्रृजना सुब्बा,स्मृती पोख्रेल,ऋचा शर्मा,अर्पण थापा,एभोनराज उप्रेती लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

त्यसै गरी पछिल्लो समय फ्लप फिल्मको संख्या बढाउँदै गएका अभिनेता दयाहाङ्ग राई अभिनित चलचित्र भैरे पनि आजैबाट प्रर्दशन भएको छ । एभ्रेष्ठ सुर्य बोहराको निर्माण तथा निर्देशन रहेको भैरेमा दया सँगै वर्षा सिवाकोटी,बुद्धि तामाङ्ग,सुरक्षा पन्त,जयनन्द लामा लगायत कलाकाहरुले अभिनय गरेका छन् ।

नेपाली सिने बजारमा यि ति चलचित्र सँगै बलिउडको चलचित्र धडक पनि प्रर्दशन भएको छ । बलिउड अभिनेत्री श्रीदेवीकी छोरीको डेब्यु चलचित्र भएकाले धडक् निकै चर्चामा रहेको चलचित्र हो । केही हप्ता अगाडी प्रर्दशन भएको चलचित्र संजुले राजधानी लगायत मोफसलका मल्टीप्लेक्स सिनेमा हलमा एकछत्र राज गरीरहेको बेला धडक् पनि थपीदा नेपाली चलचित्रहरुलाई साख जोगाउन निकै कठीन भैरहेको छ । 



Powered by Blogger.