नाई नभन्नु ल ५ को गित रिलिज कार्यक्रममा जे जे देखीयो !

पछिल्लो समय नेपाली चलचित्रका कलाकारहरुमा एउटा घमण्ड र अहंमताले डेरा जमाएको छ । धेरै सार्वजनीक भयो भने र बोलाएको ठाँउमा समयमा पुग्यो भने सानो भईन्छ । त्यस्तै आज भोली उनिहरु आफुलाई बोलाएको र आफु सँग सम्बन्धीत भएको कार्यक्रममा आउन पनि निकै कन्जुसाई गरेको पाईएको छ । 

उनिहरु आफुलाई ब्यस्त देखाउनको लागी पनि पहिलो कुरा त कार्यक्रममै आउँदैनन्, यदि आए भने पनि बोलाएको समय भन्दा धेरै ढिला गरी आउने गर्दछन् । आयोजक र पत्रकारहरुलाई यसरी घटौं कुराउन पाउँदा आफुले आफुलाई ठुलै स्टार भएको सम्झने गर्दछन् नेपाली चलचित्रका कलाकारहरु । 

यस्तै भयो सोमबार चलचित्र नाई नभन्नु ल ५ को गित रिलिज कार्यक्रममा पनि । 

पत्रकारहरुलाई १२ः१५बजे बोलाईएको उक्त कार्यक्रम करिब डेढ घण्टा पछि मात्रै सुरु भएको थियो । यो कार्यक्रम निर्धारीत समय भन्दा ढिला सुरु हुनुको मुख्य कारण बनेकी थिईन अभिनेत्री स्वस्तिमा खड्का । 

अभिनेत्री केकी अधिकारी आफ्नै फिल्मको हार्डडिक्स बोकेर युरोप यात्रामा,प्रियंका कार्की पनि अमेरीका,दिलिप रायमाझी पनि संभवतः अमेरीका, निरुता शिंह मुम्बै । नेपालमा र त्यो पनि काठमान्डौमै भएकी स्वस्तिमा पनि घंटौ सम्म नआए पछि निर्माता तथा निर्देशक बिकास आचार्य केही तनावमा देखीएका थिए । 

तनावकै मुडमा बिकासले संगीतकार बसन्त सापकोटा,छायांकार पुरुषोत्तम प्रधान,सम्पादक अर्जुन जिसि लगायतकालाई अगाडी राखेर कार्यक्रम सुरु गरे । कार्यक्रम सुरु भएको करिब १० मिनेट पछि मात्रै स्वस्तिमा मञ्चमा झुल्कीएकी थिईन् ।

तिम्रो आँखामा आँखा बोल रहेको गित पत्रकारहरुलाई देखाईसकेपछि पत्रकारहरु सँग केही सवाल जवाफ गरेपछि कार्यक्रमको समापन गरीएको थियो । 

पछिल्लो समय एक दुई गितबाट बजारमा केही चर्चा बटुलेकी गायीका मेलिना राई पनि कार्यक्रम सकिनु भन्दा करिब दश मिनेट अगाडी मात्रै झुल्कीएकी थिईन् ।

कार्यक्रममा चलचित्रका निर्माता तथा निर्देशक बिकास आचार्य भने आजको कार्यक्रम गित संगीत सँग सम्बन्धीत भएकाले आफु बोल्न आवस्यक नभएको भन्दै उम्कने प्रयास गरेका थिए । 

दिनेश थपलियाको शब्द,बसन्त सापकोटाको संगीत र मेलिना राईको स्वर रहेको यो गितमा स्वस्तिमा खड्का र नव अभिनेता अभिषेक नेपाललाई प्रस्तुत गरिएको छ ।

वान टाईम सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई राजधानीमा बालाजी फिलिम्सको तर्फबाट सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनीले बितरण गर्दैछन् ।





Powered by Blogger.