यस्तो छ, मिस्टर भर्जीनमा छुल्ठीमको आईटम डान्स (भिडियो सहित)

भदौ १ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र मिस्टर भर्जीनले सुक्रबार गित रिलिज गरेको छ । पैसा फेक तमासा देख....., बोल रहेको यो गितको भिडियोमा छुल्ठिम गुरुङ्गले नृत्य गरेकी छिन् ।

टुरिस्ट जंग बिकको शब्द,राजेन्द्र भट्टको संगीत,शशी रावल र मिस्टर आर.जेको स्वर गरेको यो गितको भिडियोको कोरीयोग्राफी दिपक मान शिंहले गरेका छन् ।

वल्र्ड वाईड फिल्म डिष्ट्रिब्युसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई बिशारत बस्नेतले निर्देशन गरेका छन्, भने विपिन मल्लको सम्पादन,रामेश्वर कार्कीको छायांकन,ग्राफीक्स गौतमराज खड्का र महेश दवाडीको पटकथा संवाद रहेको छ ।

चलचित्रमा गौरव पहाडी,भोलाराज सापकोटा,बिजय बराल,कमलमणी नेपाल,रबिन्द्र झा,श्रृजना सुब्बा,स्मृती पोख्रेल लगायत कलाकारहरुले अभिनय गरेका छन् ।



Powered by Blogger.