प्रचार प्रसारलाई तिब्र बनाउँदै टिनएज !

साउन २५ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र (टिनएज)ले प्रचार प्रसारलाई तिब्र बनाउँदै लगेको छ । यसै क्रममा चलचित्रको निर्माण पक्षले कलाकारहरुलाई सँगै राखेर मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रमको अवसरमा यस चलचित्रका सम्पुर्ण कलाकारहरुले आ आफ्नो भुमिकाको विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए । 

युवा पुस्तालाई लक्षित गरेर निर्माण गरीएको यो चलचित्रलाई दिनेश पाख्रीनले निर्देशन गरेका छन्, भने चलचित्रमा चिनि मायाँ वाईबा,बिरु मगर,देबिका खड्का,बुद्धिमान स्याङ्गतानले निर्माण गरेका हुन् ।
कार्यक्रममा बोल्दै निर्देशक दिनेश पाख्रीनले ः यो चलचित्रले युवा पुस्तालाई सहि पाठ सिकाउने र राम्रो संस्कार दिन मद्त गर्ने बादी गरेका छन् ।

(टिनएज)मा नरेश बिर शिंह,एन्जिला खड्गी,सरोज शाह,अजय खड्का,सरिता राजोउपाध्याय,प्रतिक्षा खड्का,मायाँ मगर लगायत कलाकारहरुको अभिनय रहेको छ, भने चलचित्रमा बिकास चौधरी,बसन्त सापकोटाको संगीत र सरोज शर्माको बितरण रहेको छ ।

Powered by Blogger.