साली कस्को भेनाको ट्रेलर रिलिज (हेर्नुस भिडियो सहित)

भदौ २९ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र (साली कस्को भेनाको) को ट्रेलर रिलिज भएको छ । हाँस्य प्रधान सामाजीक कथावस्तुमा निर्माण भएको यो चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् ।

प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्रमा रामप्रसाद श्रेष्ठ,शुशिल गोपाल न्याछ्यो,काजीमान श्रेष्ठ,कमला भट्टराई र मुक्ति अधिकारी निर्माताको रुपमा रहेका छन् । 

मुभिङ्ग पिक्र्चस प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र (साली कसको भेनाको)मा विल्सन बिक्रम राई,बुद्धि तामाङ्ग,मरिस्का पोख्रेल,राजनी गुरुङ्ग,सुष्मा कार्की, जयनन्द लामा,कविता आले लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने चलचित्रमा दिर्घ गुरुङ्गको छायांकन,पुष्प आचार्यको लेखन र बनिश शाहको सम्पादन रहेको छ 





Powered by Blogger.