आजबाट नेपाली सिने बजारमा ४ सिनेमाको भिडन्त !

यो हप्ता नेपाली सिनेबजारमा एकै पटक ४ ओटा सिनेमाले प्रर्दशन आरम्भ गरेका छन् । बोबी,बाबु कान्छा,बिराङ्गना र यो पागल मन यो हप्ता भिडन्त गर्ने चलचित्रहरु हुन् । 

चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा मिलन चाम्स निर्देशीत बोबी सत्य कथामा आधारीत चलचित्र हो । यो चलचित्रमा उमेश थापा र कविता गुरुङ्गले मुख्य भुमिकामा अभिनय गरेका छन्, भने उनिहरुकै जिवन कथामा निर्माण भएको चलचित्र हो बोबी । 

बोबीमा उमेश र कविता सँगै विजय लामा,रुवी राणा,सुरबिर पण्डीत, बादल भट्ट लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

त्यसै गरी एक्सन लभ स्टोरी जनरामा निर्माण भएको चलचित्र बिराङ्गनाले पनि आजैबाट प्रर्दशन आरम्भ गरेको छ । राजबहादुर सानेको निर्देशनमा बनेको यो चलचित्रमा शिल्पा पोख्रेल,अनुप बिक्रम शाही,पृथ्वी प्रसाई,धिरेन शाक्य,प्रज्वल गिरि,प्रिया रिजाल लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

सोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र बाबु कान्छा पनि आजैबाट प्रर्दशन भएको छ । युवा पुस्तालाई मध्यनजर गरेर निर्माण गरीएको बाबु कान्छामा सलोन बस्नेत,करिष्मा श्रेष्ठ,निर शाह,राजारम पौडेल,सरोज खनाल,लय संग्रौला लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

कल्याण अभिकारीको निर्देशनमा बनेको चलचित्र यो पागल मन पनि आजैबाट प्रर्दशन भएको छ । यो चलचित्रमा ऋचा शिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

Powered by Blogger.