एक्सनले भरीपुर्ण (जय शम्भु) को टिजर रिलिज (भिडियो सहित)


प्रशान्त ताम्राकार,अनुप बिक्रम शाही र वर्ष सिवाकोटी अभिनीत चलचित्र जय शम्भुको टिजर रिलिज भएको छ । रिलिज गरिएको टिजर हेर्दा यो चलचित्र पुर्ण एक्सन प्रधान भएको बुझिन्छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको यो चलचित्रको अरबिन्द्र मान शाक्य निर्माता हुन भने शिक्षा काफ्ले, कुशल शर्मा सह निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा प्रशान्त,अनुप,वर्षा सँगै रोशन मर्हजन,करुणा पाण्डेले पनि मुख्य भुमिकामा अभिनय गरेका छन् ।
हरिघले लामाले खिचेको चलचित्र जय शम्भुमा टंक बुढाथोकीको संगीत,रामजि लामिछानेको

कोरीयोग्राफी,बनिश शाहको सम्पादन रहेको छ, भने यो चलचित्रको लेखक तथा निर्देशक रुपेश तामाङ्ग हुन् । 
जय शम्भु भदौ १ गतेबाट प्रर्दशन हुने जानकारी निर्माण पक्षले गराएको छ ।

Powered by Blogger.