बन्ने भयो फिल्म (ल्याङ्ग ल्याङ्ग) निर्देशक बन्दै करण श्रेष्ठ !

ल्याङ्ग ल्याङ्ग नाममा चलचित्र बन्ने भएको छ । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो चलचित्र बन्ने औपचारीक घोषणा गरीएको छ । 

बिगतमा निर्माता र अभिनेता बनेर चलचित्र क्षेत्रमा रहेका करण श्रेष्ठ यहि चलचित्रबाट निर्देशक पनि बन्ने भएका छन् । 

करिब डेढ दशक चलचित्र क्षेत्रमा काम गरेको सम्पुर्ण अनुभवलाई प्रयोग गरेर यो चलचित्र निर्माण तथा निर्देशन गर्ने श्रेष्ठले बताएका छन् ।

कुस्कु माझीको कथामा प्रदिपकुमार चौधरीले पटकथा संवाद भरेको चलचित्र ल्याङ्ग ल्याङ्गलाई अमृतमायाँ श्रेष्ठले प्रस्तुत गर्दै छिन् ।

रिच ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रमा नाजिर हुसेन, सुष्मिता बुर्लाकोटी, बुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोलाराज सापकोटा, कमलमणि नेपाल, राजन खतिवडा, सरीता गिरी, देवीराम पराजुली, किशोर भण्डारी, शिवहरि पौडेल, दमन रुपाखेती, जीवन भट्टराईले लगायतको अभिनय रहनेछ ।

भदौको अन्तीम साताबाट छायांकन सुरु हुने ल्याङ्ग ल्याङ्गको काठमान्डौ,सिन्धुली,बहराईन र अष्ट्रेलीयामा छायांकन गरीने निर्माण पक्षले बताएको छ । 

Powered by Blogger.