रातको कुरा.....,मा प्रियंका र प्रमोदको भरपुर रोमान्स (भिडियो सहित)

चलचित्र कथा काठमान्डौको ले पहिलो गित रिलिज गरेको छ । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रले पहिलो गित रिलिज गरेको हो ।  

असोज १२ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र कथा काठमान्डौंको यो गितमा ईन्दीरा जोशीको स्वर रहेको छ, भने प्रदिप बाँस्तोलाको शब्द तथा संगीत रहेको छ ।

रिलिज गरिएको यो गितको भिडियोमा ईन्दीरा जोशी,प्रियंका कार्की र प्रमोद अग्रहरीलाई प्रस्तुत गरीएको छ । कार्यक्रममा ईन्दीरा र प्रियंकाको उपस्थिती नरहेपनि प्रमोदको उपस्थिती रहेको थियो । 

यो गितको कोरीयोग्राफी निर्देशक स्वंम संगीता श्रेष्ठ आफैले गरेकी छिन् । संगीताले प्रमोद र प्रियंकालाई निकै ग्ल्यामरस् रुपमा प्रस्तुत गरेकी छिन् ।

बिजय राईको निर्माण रहेको यो चलचित्रमा प्रियंका र प्रमोद सँगै संध्या केसी,संजोग कोईराला,आयुसमान देशराज जोशी लगायत कलाकारहरुले अभिनय गरेका छन् । 





Powered by Blogger.