यसरी गरीदै छ, कस्मिक लभको गित छायांकन !

असार ११ गतेबाट छायांकन सुरु गरीएको चलचित्र कस्मिक लभको अहिले मायाँ तिमीलाई........, बोलको गितको छायांकन भैरहेको निर्माण पक्षले बताएको छ । 

यो गितमा दिनेश सुबेदीको शब्द,बाबुल गिरिको संगीतमा बाबुल र मिलन अमात्यको स्वर रहेको छ । 

रामजि लामिछानेले कोरीयोग्राफी गरीरहेको यो गितको भिडियोमा नव कलाकारद्धय पुजन थापा र रिजन थापालाई देख्न सकीने बताईएको छ ।

एस.अधिकारी र बिएस बलामीको निर्देशनमा बनीरहेको यो चलचित्रमा जय गौतम निर्माता र डि.एन दाहाल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

क्स्मिक लभमा प्रशान्त ताम्राकार,अर्पण थापा,दिया मास्के,रोबिन तामाङ्ग,राजाराम पौडेल,पुरन थापा,सागर खनाल,देब मर्हजन,पुजन थापा,रिजन थापा लगायत कलाकारहरुले अभिनय गरेका छन् । 





Powered by Blogger.