धमाधम छायांकनमा चलचित्र कस्मिक लभ !

केही दिन पहिले राजधानीको पाँचतारे होटलमा निकै तामझामका साथ शुभमुर्हत गरेको चलचित्र कस्मिक लभ अहिले धमाधम छायांकनमा ब्यस्त छ ।

मुभि मेर्कसको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रको जय गौतम निर्माता हुन्, भने डिएन दाहाल कार्यकारी निर्माता रहेका छन् । 

कस्मिक लभलाई संकर अधिकारी र विएस बलामीले संयुक्त रुपमा निर्देशन गरिरहेका छन् । 

चलचित्रमा प्रशान्त ताम्राकार,अर्पण थापा,रविन तामाङ्ग,दिया मास्के,रिजन थापा,पुजन थापा लगायत कलाकारले अभिनय गरीरहेका छन् ।

कस्मिक लभमा विपिन मल्लको सम्पादन,सुरेश बज्राचार्यको छायांकन,शेखर ज्ञवालीको लेखन,बाबु साहेबको द्धन्द,बाबुल गिरिको संगीत,कबिराज गहतराज र रामजि लामिछानेको कोरीयोग्राफी रहने छ । 

Powered by Blogger.