हेर्नुस यस्तो छ, कायारा को दोश्रो गित (भिडियो सहित)

साउन १८ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र कायराले बिहिबार दोश्रो गित रिलिज गरेको छ । 

प्रर्दशन मिति नजिकीदै गर्दा प्रचार प्रसारलाई आक्रामक बनाउँदै निर्माण पक्षले यो गित रिलिज गरेको बताईएको छ ।

रिलिज गरिएको यो त मायाँ हो........, बोल रहेको यस गितमा नरेश भट्टराईको शब्द,कल्याण शिंहको संगीतमा सुगम पोख्रेल र श्रेया सोताङ्गको स्वर रहेको छ, भने यो गितलाई फिलिपिन्सको रमणीय दृश्यहरुमा छायांकन गरीएको छ ।

आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र  आर.एण्ड आर. प्रोडक्सनको ब्यानरमा राजकुमार भट्ट,दिनेश थापा,दिवस पराजुलीले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् ।

कायरामा आर्यन र साम्राज्ञी सँगै शिशिर राणा,हितेश शर्मा,सुरेश न्यौपाने,मरिशा श्रेष्ठ लगायत कलाकारहरुले अभिनय गरेका छन् । 



Powered by Blogger.