प्रचार प्रसारलाई आक्रामक बनाउँदै कायरा !

आगामी सुक्रबार अर्थात यहि साउन १८ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र कायराले प्रचार प्रसारलाई आक्रामक बनाउँदै लगिरहेको छ । 

यसै क्रममा कायरा टिम नेपाली चलचित्रको ठुलो बजार भएको कास्कीको पोखरा पुगेको छ ।  पोखरामा यो चलचित्रले एक र्यालीको पनि आयोजना गरेको छ । 

उक्त र्यालीमा अभिनेता आर्यन सिक्देल र अभिनेत्री साम्राज्ञी शाह पनि सहभागी भएका थिए । र्याली पश्चात कायरा टिमले कास्की चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा पुगेर चलचित्रको विषयमा जानकारी गराएको थियो । 

उक्त कार्यक्रममा अभिनेता आर्यनले कायरा बिशुद्ध प्रेम कथामा आधारीत रहेको चलचित्र भएके बताएका छन् । यो चलचित्रले प्रेम कथा रुचाउने दर्शकको मन जित्ने कुरामा आफु ठुक्क रहेको अभिनेता आर्यनले दाबी गरेका छन् ।  

आर्यन सिक्देल आफै निर्माता रहेको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्, भने चलचित्रमा आर्यन र सम्राज्ञी सँगै   शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । 

Powered by Blogger.