यस कारण चर्चामा छ कायरा, कस्तो गर्ला त ब्यापार ?

साउन १८ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र कायरा पछिल्लो समय निकै चर्चामा रहेको छ । 

लभर ब्वायको रुपमा चिनिएका अभिनेता आर्यन सिक्देल र पछिल्लो समय नेपाली सिने क्षेत्रमा निकै चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी शाहको प्रमुख भुमिकामा अभिनय रहेको यो चलचित्र आर्यन र साम्राज्ञी दुबै जनाको कारणले चर्चामा रहेको छ । गत वर्ष प्रर्दशन भएको चलचित्र रुद्र प्रियाले बक्स अफिसमा त्यती राम्रो ब्यापार गर्न नसकेपनि यो चलचित्रले भने राम्रै ब्यापार गर्ने आषा गरीएको छ । 

आर्यन आफैले निर्माण गरेको र दर्शकले आर्यनलाई जस्तो भुमिकामा रुचाएका थिए त्यस्तै भुमिकामा रहेकाले पनि यो चलचित्रले दर्शकको राम्रै साथ पाउने अनुमान गरीएको छ । 

त्यसो त बिगतमा पनि आर्यन आफैले निर्माण गरेको चलचित्र नोभेम्बर रेनले पनि राम्रै ब्यापार गरेको थियो ।
आर्यन सिक्देल ईन्टरटेन्मेन्ट र आर. एण्ड आर प्रोडक्सनको ब्यानरमा राजकुमार भट्ट कार्यकारी निर्माता रहेको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् ।

चलचित्रमा अर्जुन पोख्रेल,कोशीस क्षत्री,कल्याण शिंहको संगीत,प्रविण शिंहको कोरीयोग्राफी,बनिश शाह,मिलन श्रेष्ठको सम्पादन,शिवराम श्रेष्ठको छायांकन,केदार भुसालको लेखन रहेको छ, भने बालाजी फिलिम्सको तर्फबाट सुनिल मानन्धरले यो चलचित्रको बितरण गर्दैछन् ।

Powered by Blogger.