यस्तो छ जय शम्भु को गित हेर्नुस (भिडियो सहित)

भदौ १ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र जय शम्भुले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पहिलो गित रिलिज गरेको छ । 

म त परे तिम्रै भर.....बोल रहेको यस गितमा अमृता नेपालको शब्द रहेको छ, भने टंक बुढाथोकीको संगीतमा टंक र अन्जु पन्तको स्वर रहेको छ । 

गितको भिडियोलाई निकै महंगो लगानीमा सेट बनाएर छायांकन गरिएको छ, भने केही दृश्य आउटडोर पनि छायांकन गरीएको छ ।

भिडियोमा वर्षा सिवाकोटी र अनुपबिक्रम शाही बिचको प्रेम देखाउने कोशिस गरिएको छ ।

रुपेश तामाङ्गको निर्देशनमा तयार भएको जय शम्भुलाई अरबिन्द्र मान शाक्य,चक्र तामाङ्ग,शिक्षा काफ्ले र कुलि शर्माले करिब सवा २ करोडको लगानीमा निर्माण गरेका हुन् । 

पुर्ण एक्सन लभ स्टोरी जनरामा निर्माण भएको यो चलचित्रमा अनुप र वर्षा सँगै प्रशान्त ताम्राकार,रोशन मर्हजन,करुण पाण्डे लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने हरिघले लामाको छायांकन,रामजि लामिछानेको कोरीयोग्राफी,श्री श्रेष्ठको एक्सन,बनिष शाहको सम्पादन र शिक्षा काफ्लेको कथा रहेको छ ।
जय शम्भुलाई काठमान्डौमा गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले बितरण गर्दै छ ।



Powered by Blogger.