यस्तो छ ईन्टु मिन्टु लण्डनमा ले रिलिज गरेको पहिलो गित (भिडियो सहित)

असोज ५ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र (ईन्टु मिन्टु लण्डनमा)ले पहिलो गितको भिडियो रिलिज गरेको छ । 

उडायो हावाले............, बोल रहेको यो गितमा हर्कुलर्स बस्नेतको शब्द तथा संगीत रहेको छ, भने हर्कुलर्स बस्नेत र निकिता थापाको स्वर रहेको छ ।

लण्डनका बिभिन्न रमणीय स्थानमा छायांकन गरीएको यो गितको भिडियोमा साम्राज्ञी शाह र धिरज मगरलाई प्रस्तुत गरीएको छ, भने कोरीयोग्राफी बिक्रम लामा र एन्जिला खत्रीले गरेका छन् ।

आईकोर फिलिम्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेको (ईन्टु मिन्टु लण्डनमा) लाई रेनेशा राई बान्तवाले निर्देशन गरेकी छिन् । 

चलचित्रमा धिरज र साम्राज्ञीका अलावा विजय लामा,अर्जुन श्रेष्ठ,शाहरुख ताम्राकार,रुबी राणा,दिलभुषणा पाठक,बिवेक लिम्बु,सुनिता श्रेष्ठ ठाकुर लगायत कलाकारहरुले अभिनय गरेका छन् । 



Powered by Blogger.