चलचित्र बिकास बोर्ड अध्यक्ष निकीता पौडेलको पद धरापमा !

बुधबार राती बसेको मन्त्री परिषदको बैठकले २०७४ भदौ १४ गते निर्वाचन आचार संहिता लागु भएको दिन देखी फागुन ३ गते सम्म तत्कालीन शेरबहादुर देउबा सरकारले गरेका सम्पुर्ण राजनीतीक नियुक्तीहरु खरेज गर्ने निर्णय गरे सँगै चलचित्र क्षेत्रको सार्वोच्च निकाय चलचित्र बिकास बोर्ड अध्यक्ष निकीता पौडेलको अध्यक्ष पद पनि धरापमा परेको बुझिएको छ ।

पौडेलको नियुक्ती २०७४ मंसीर २५ गते भएको थियो ।

बुधबार राती मन्त्री परिषदको बैठक सकिएपछि सुचना तथा संचार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले अघिल्लो सरकारले निर्वाचन आचार संहिता उल्लंघन गरेर गरेका सम्पुर्ण नियुक्तीहरु खारेज गरीएको जानकारी गराएका थिए । 

मन्त्री परिषदको यो निर्णयले चलचित्र क्षेत्रमा नयाँ तरंग उत्पन्न गरेको छ । मन्त्री परिषदले सबै नियुक्ती बदर गरेको निर्णय गरेता पनि पदबाहकलाई यो समाचार तयार पर्दा सम्म पद समाप्त भएको पत्र भने नदिएको बुझिएको छ । 

Powered by Blogger.