एक भिलेनको सिक्वेल बन्दै

२०१४ मा निर्माण भएको चलचित्र ए भिलेनको सिक्वेल बन्ने भएको छ । 

एकता कपुरले निर्माण गरेको एक भिलेन ले सय करोड भन्दा धेरैको ब्यापार गरेको थियो । तर एक भिलेनको सिक्वेललाई भने एकता सँग करण जोहारले पनि एकता गर्ने भएका छन् । 

एक भिलेनबाटै अभिनेत्री श्रद्धा कपुर हिट भएकी थिईन् ।

यसको सिक्वेलमा भने श्रद्धा नदोहोरीने पक्का भएको समाचार भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 
समाचारका अनुसार अहिले एक भिलेन २ को स्कृप्ट लेखनको काम भैरहेको छ । 

धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रमा सिद्धार्थ मल्होत्रा दोहोरीने पक्का भएको छ, भने अन्य कलाकारहरु भने छनोट हुन बाँकी रहेको बताईएको छ । यो चलचित्रलाई मोहीत सुरी ने निर्देशन गर्ने भएका छन् । 

Powered by Blogger.