चि मुसी चि को ट्रेलर रिलिज (भिडियो सहित)

सस्पेन्स थ्रिलर बताईएको चलचित्र चि मुसी चि को ट्रेलर रिलिज भएको छ । 

श्रावण ११ गतेलाई प्रर्दशन मिती तोकेको यो चलचित्रले यो भन्दा पहिले दुई गित रिलिज गरीसकेको छ, भने प्रर्दशन मिती नजिकीदै जाँदा, प्रचार प्रसारलाई जोड दिंदै निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो  ।

अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई अरुण कुमार गुरुङ्ग,महेश्वर खत्री,सुवास भुर्तेल,डबबहादुर गुरुङ्गले निर्माण गरेका हुन्, भने शिबराज कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

चि मुसी चि मा शुनिल क्षेत्री,अलिशा शर्मा,सुशान्त कार्की,शेखर अधिकारी,शिबराज कार्की,कमली वाईबा लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

चलचित्रमा बिक्रम स्वाँर,शुनिल क्षेत्रीको कोरीयोग्राफी,बासु न्यौपानेको छायांकन,भुपेन्द्र अधिकारीको सम्पादन र दिनेश श्रेष्ठको निर्देशन रहेको छ ।




Powered by Blogger.