प्रियंकाले गरीन सलमान खानको फिल्म रिजेक्ट !

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानको आगामी चलचित्र भारत छोडेकी छिन् । 

अमेरीकन गायक निक सँगको प्रेम सम्बन्धको कारणले पछिल्लो समय चर्चामा रहेकी प्रियंका निक सँग बिवाहको कारण देखाउँदै यो चलचित्र छोडेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् । 

अब भने प्रियंकको ठाउँमा कट्रिना कैफ यो चलचित्रमा भित्रिन लागेको चर्चा चलेको छ ।  तर निर्माण पक्षले आधाकारीक रुपमा प्रियंकाको ठाउँका कट्रिना भित्रियको भने बताएको छैन । प्रियंकाले यो यो फिल्म छोडेको खुलासा चलचित्र भारतका निर्देशक अलि अब्बास जफरले ट्वीट मार्फत गरेका हुन् ।

अलि अब्बासले पछिल्लो समय कट्रिना र सलमानलाई चलचित्र टाईगर जिन्दा है मा पनि सँगै काम गराएका थिए । प्रियंकाले सलमानको यो फिल्म छोडेकोमा केही आलोचना समेत गर्न सुरु गरीएको छ । 

Powered by Blogger.