शाहरुख र अक्षयलाई स्टार बनाएका निर्देशकले आफ्नै छोरालाई बनाए सुपर फ्लप !

बलिउडका चलचित्र निर्माता तथा निर्देशक अब्बास मस्तानलाई उनको नामबाट चिन्ने मान्छे कमै होलान् । तर उनले बनाएको फिल्मको नाम लिंदा उनलाई नचिन्ने पनि कमै हुन सक्छन् । 

चलचित्र बाजीगर निर्माण गरेर शाहरुख खान र खेलाडी निर्माण गरेर अक्षय कुमारलाई बलिउडमा स्थापीत गर्ने निर्माता तथा निर्देशक हुन अब्बास मस्तान । उनले अक्षय र शाहरुखलाई स्टार बनाए पनि आफै छोरालाई भने स्टार बनाउन सकेनन् । 

गत वर्ष रिलिज भएको मशिनबाट उनले आफ्नै छोरा मुस्तफालाई डेब्यु गराएका थिए । आफ्नो २७ वर्षे फिल्मी करियरमा १७ ओटा चलचित्र बनाएको अब्बास मस्तानको पछिल्लो चलचित्र मशिन बक्स अफिसमा नराम्रो सँग फ्लप भयो । यो चलचित्रलाई समिक्षकहरुले ० नम्बर दिएका थिए । 

यो चलचित्र प्रर्दशन भएको पहिलो दिन मुम्बैको पीवीआर थिएटरमा एक जना मात्रै दर्शक आएकाले त्यो दर्शकको एउटा टिकट फिर्ता गरेर फिल्मको शो नै बन्द गर्नु परेको थियो ।

छोरालाई बलिउडमा स्थापीत गर्न ३० करोड लगानी गरेर मशिन फिल्म बनाएका अब्बास मस्तान यो फिल्म फ्लप भएपछि तनावमा रहेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।

Powered by Blogger.