५ महिनामा यसरी एक अर्का सँग भिड्दैछन् बलिउडका १६ फिल्म !

२०१८ को लगभग आधि समय बितिसकेको छ । यो आधि समयमा पद्मावत देखी संजु सम्म कयौं फिल्मले बक्स अफिसमा अत्याधिक ब्यापार गरीसकेका छन् । त्यस्तै अबको ५ महिनामा पनि १६ ओटा प्रतिक्षित फिल्महरु रिलिजको तयारीमा रहेका छन् । अबको ५ महिनामा अक्षय कुमारको (गोल्ड)जोन अब्राहमको (सत्यमेव जयते)अनिल कपुर र ऐश्वर्या रायको (फन्ने खान)अमिर खानको (ठग्स अफ हिन्दुस्तान) अर्जुन कपुरको (नमस्ते ईग्ल्यान्ड) लगायत प्रतिक्षित फिल्महरु रहेका छन् । 

१६ ओटा फिल्म प्रर्दशन हुन बाँकी रहे पनि २०१८ मा सर्वाधीक ब्यापार गर्ने फिल्म भने (संजु) नै रहने अनुमान गरीएको छ । किन कि प्रर्दशन हुन बाँकी रहेका १६ ओटा फिल्म पनि ५ महिनाको अबधिका सिंगल सिंगल रिलिज नभएर एक अर्का सँग भिड्दैछन् । यसरी एक अर्का सँग भिड्दा ब्यापारमा धेरै गिरावट आउँछ ।
कुन कुन चलचित्र भिड्दैछन्, त एक अर्का सँग ?

२०१८ अगस्ट १५ मा अक्षय कुमार अभिनित चलचित्र (गोल्ड) र जोन अब्राहम,मनोज बाजपेई अभिनित (सत्यवेम जयते) एक अर्का सँग भिड्ने भएका छन् । त्यस्तै ३ अगस्टमै ऐश्वर्या राए र अनित कपुर अभिनित (फन्ने खान) र ऋषी कपुर अभिनित (मुल्क) पनि एक अर्का सँग जुध्ने भएका छन् ।

त्यस्तै ३१ अगस्टमै (एमला पगला दिवाना फिर से) र (अंधाधुन) पनि एक आर्का सँग जुध्दै छन् ।
भारतीय आर्मीको कथामा बनेको चलचित्र (पलटन) र (मनमजीयाँ) पनि सेप्टेम्बर ७ मा एक अर्का सँग भिड्दैछन् ।

बलिउडमा पछिल्लो समय राम्रै छाप छोड्न सफल भएका अभिनेता बरुण धवन र अनुष्का शर्मा अभिनित चलचित्र (सुई धागा) र (पटाखा) पनि सेप्टेम्बर २८ मा एक अर्का सँग जुध्दै छन् ।

त्यसै गरी १९ अक्टुबरमा पनि (बधाई हो) र (भैया जि सुपरहिट) एक अर्का सँग जुध्न तम्तयार भएर बसेका छन् ।
२०१८ को अन्तिम महिना डिसेम्बर ७ मा अमिर खान अभिनित (ठग्स अफ हिन्दुस्तान) र अर्जुन कपुर अभिनित (नमस्ते ईग्ल्यान्ड) पनि एक अर्का सँग जुध्दैछन् ।

२०१८ को अन्तिम्मा शाहरुख खान अभिनित चलचित्र (जिरो) र भुतपुर्व भारतीय प्रधानमन्त्री मनमोहन शिंहको जिवनकथामा आधारीत चलचित्र (द एक्सीडेन्टल प्राईमिनिस्टर) पनि एक अर्का सँग जुध्ने भएका छन् । 

Powered by Blogger.